ट्रेड टावरको आइपिओ बाँडफाँड सम्पन्न


ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ)को बाँडफाँड आइतबार सम्पन्न भएको छ। काठमाडौँको गौशालास्थित होटेल क्रिस्टल पशुपतिमा आयोजित कार्यक्रममार्फत बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड प्रक्रिया सार्वजनिक गरेको हो।

आइपिओ मा कुल २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएका थिए। तीमध्ये विभिन्न कारणले १४ हजार ८९७ आवेदकको आवेदन अस्वीकृत गरिएको जनाइएको छ। बाँकी २० लाख ५९ हजार ३८८ जना योग्य आवेदकहरू बिच गोला प्रथामार्फत शेयर बाँडफाँड गरिएको हो।

बाँडफाँड परिणाम अनुसार जम्मा ३ लाख २९ हजार ६५० जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाएका छन्। यसका आधारमा अधिकांश आवेदकहरू यस चरणमा खाली हात परेका छन्।

बिक्री प्रबन्धकका अनुसार बाँडफाँडको नतिजा केही समयपछि सार्वजनिक गरिनेछ र यसलाई लक्ष्मी सनराइज क्यापिटल, सिडिएससीको मेरो शेयर प्रणाली, सम्बन्धित बैङ्क वा शेयर ब्रोकरमार्फत सहजै हेर्न सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x