साउन ६ गते देखि बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आइपिओ जारी गर्दै

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गते देखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार सम्म रहेको छ ।

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो जारी पुँजीको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको रु. १०० अङ्कित दरको कुल ५८ लाख ६० कित्ता शेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । साे निष्कासन मध्ये ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र निष्कासन गरी बिक्री गर्न लागेको हो ।


आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) साउन २० गते रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र ४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी,  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि इपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) साउन ०९ गते रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र २० गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन् । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x