नेरुडे लघुवित्तकाे नाफा १८ करोड ४८ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १८ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेरुडे लघुवित्तले ९ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेरुडे लघुवित्तले ५ अर्ब २५ करोड ४९ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ७१ करोड ५९ लाख रुपैयाँ रहेको छ।

नेरुडे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८ प्रतिशतले बढेर ४७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.८९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x