मिर्मिरे लघुवित्तकाे नाफा १७ करोड ४९ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५२ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मिर्मिरे लघुवित्तले ८ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मिर्मिरे लघुवित्तले ५ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४२ करोड ०४ लाख रुपैयाँ रहेको छ।

मिर्मिरे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४५ प्रतिशतले बढेर ४२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.९४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x