दशैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे

दशैंको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

उनीहरूले विभिन्न प्रवेशद्वारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही समयमा  सात सय ३७ पटक जिप सफारी भएको छ ।

उहाँका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार  हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जिप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जिप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जिप सफारी गरिएको छ । दशैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जिप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जिप सफारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जिप सफारी गरिएको छ ।

दशैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरूबाट रु एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक बिस्तारै बढ्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,  “गत वर्षहरूको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।”

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक
सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासि बढेको छ । दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताउनुभयो । कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन् । अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन् । उहाँको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन् । आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उहाँले जानकारी दिनुभयो । दशैंको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन् ।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन् । पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन् ।

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जिप र डुङ्गा सफारी चलायमान भएका छन् । दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले  जानकारी दिनुभयो । सौराहामा एक सय २५ होटेल र ९५ रेस्टुरेन्ट रहेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ । सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ । निकुञ्जको प्रवेशद्वारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x