आज सम्म कायम शेयरधनीले युनियन लाइफ इन्स्याेरेन्सकाे साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। युनियन लाइफ इन्स्याेरेन्सले यहि बैशाख २३ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि बैशाख १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा बैशाख १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।

कम्पनीले साधारण सभा रूपन्देहीकाे टाइगर प्यालेस रिसाेर्टमा बिहान १०:३० देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले आर्थिक वर्ष (आ.व. ) २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

सोही सभाबाट संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र त्यसका साथै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति र प्रमुख कार्यकारी अधिकृतको पुन : नियुक्तिको अनुमोदन गर्ने छ ।

अन्य प्रस्तावमा सामूहिक लगानी काेष सञ्चालन गर्ने र यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने तथा प्राप्ति गर्ने प्रयोजनका निम्ति सम्पूर्ण प्रक्रियागत प्रकृयाहरू गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x