
प्रकाशित मिति २०८०/११/०१(2024/02/13)
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । सो संस्थाले लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा शाखाहरु सञ्चालन गरी वित्तीय सेवा-सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान गरीरहेको छ । सो वित्तीय संस्थाको कर्पोरेट कार्यालय तथा प्रदेश, उप- प्रदेश तथा देशैभरि रहेका विभिन्न शाखा कार्यालयहरुको लागी देहाय बमोजिमका पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
उमेरको हद: दरखास्त दिने अन्तिम मिति सम्ममा व्यवस्थापन श्रेणीको हकमा २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका तथा अधिकृत श्रेणीको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।
तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
परिक्षाको किसिम: रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनोट-सूची ( Short List) मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्वीकृत गर्न सक्नेछ ।
काम गर्नु पर्ने स्थानः विभागहरुको हकमा केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोक तथा प्रदेश, उप- प्रदेश तथा शाखा कार्यालयको हकमा देशैभरी रहेका सबन्धित प्रदेश, उप- प्रदेश तथा शाखा कार्यालयहरु |
आवेदकहरुले आवेदनमा आफूले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफूलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम सम्पर्क नम्बर तथा ईमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको Bio-Data संलग्न गर्नु पर्नेछ ।
आवेदन दिने अन्तिम मिति: २०८० / ११ / १५ गते कार्यालय समयभित्र ।(2024/02/27)
Click here to apply.
Click here to join viber community for all Vacancy Updates.
 
         
             
     
    
 
     
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                     
                                                                                                                     
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            