स्वास्थ्य शिविरबाट एक हजार सात सय बढी लाभान्वित

जिल्लाको मङ्गला गाउँपालिकाको बाबिया चौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात सयभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सोमबार विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा इसिजी, इको, भिडियो एक्स-रे मुटु, मिर्गौला, आँखा, नाक कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी तथा नशा, मानसिक रोग परीक्षण तथा आवश्यकताअनुसार औषधि पनि वितरण गरिएको थियो । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै विपन्न वर्गका सदस्यले स्वास्थ्य परीक्षण गराएका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

आगामी दिनमा पनि गाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिने प्रतिबद्धता अध्यक्ष रोकाले व्यक्त गर्नुभयो । जटिल रोग लागेका बिरामीलाई आगामी वैशाख १० गते काठमाडौँस्थित मेडिकल कलेजमा निःशुल्क उपचार गरिने कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले थप उपचार गर्ने जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x