युनिक नेपाल लघुवित्तमा राेजगारीकाे अवसर, +2 पास हुनेलाई सुनौलो माैका

नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकोलागि देहाय बमोजिमको पदमा कर्मचारी आवश्यकता भएकोले इच्छुक योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

१. विज्ञापन नं.: ०४/२०७८/०७९
पदः प्रशिक्षार्थी सहायक अधिकृत
श्रेणी: अधिकृत
तह : छैठौं
आवश्यक संख्या : केही

न्युनतम योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण भएको, उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, लघुवित्त कार्यक्रमको बारेमा जानकारी प्राप्त र काम गर्न ईच्छुक भएको, कम्प्युटर सम्बन्धी ज्ञान भएको ।

२. विज्ञापन नं.: ०५ २०७८ ०७९
पदः कनिष्ठ फिल्ड सहायक
श्रेणी: सहायक
तह : तेस्रो
आवश्यक संख्या : केही

न्युनतम योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रमाण पत्र तह वा व्यवस्थापन संकायमा प्लस टु उत्तीर्ण भएको, उमेर १८ बर्ष पुरा भई ३५ वर्ष ननाघेको, कम्प्युटर सम्बन्धी ज्ञान भएको, लघुवित्त क्षेत्रमा काम गर्न इच्छुक रहेको ।

Click here to join viber community for all Vacancy Updates.

दरखास्त दिने अन्तिम मिति र स्थानः २०७९ साल वैशाख ८ गते साँझ ५ बजेसम्म यस lan0 वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा कार्यालय समय भित्र वा इमेल ठेगाना [email protected] मा दरखास्त पेश गर्न सकिनेछ। 

दरखास्त फारम यस वित्तीय संस्थाको वेव साईट www.uniquenepalmicrofinance.com.np बाट डाउनलोड गर्न सकिनेछ ।

दरखास्त दस्तुरः यस वित्तीय संस्थाको नाममा बैंक अफ काठमाण्डौं कोहलपुर शाखामा रहेको खाता नं. ०११५०००००४७१५२४ मा दरखास्त दस्तुर विज्ञापन नं.०४ कोलागि रु.४००। र वि.नं.०५ कोलागि रु.२००। जम्मा गरी रकम जम्मा गरेको भौचर वा लिखित प्रमाण आवेदन साथ अनिवार्य पेश गर्नुपर्नेछ।

परीक्षाको किसिमः लिखित, मौखिक र व्यवहारिक 

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु: निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता एसएलसीदेखि माथी सबै स्तरको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, तालिमप्राप्त गरेको भए प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो, कार्य अनुभव भए सो पत्र अध्यावधिक गरेको व्यक्तिगत विवरण (बायोडाटा), दस्त्र जम्मा बैंक भौचर । 

पुनश्च: म्याद नाघी आएको र रीत नपुगेको आवेदनउपर कुनै कार्यवाही हुने छैन । साथै विज्ञापन र छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x