
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर २०८३ दशमलव ०४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ४५ अङ्कले बढेर ३७१ दशमलव ६५ को विन्दुमा पुगेको छ ।
आज कूल ३२५ कम्पनीहरूका ९६ लाख ९७ हजार २०६ कित्ता शेयर रु. ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लगानी उपसमूह शून्य दशमलव १७ अङ्कले, उत्पादन उपसमूह १६२.३९ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०१ अङ्कले घटेको छन् । यता, बैङ्किङ उपसमूह १२ दशमलव ४६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ९ दशमलव १२ अङ्कले, वित्त उपसमूह ४६ दशमलव ८० अङ्कले, होटेल तथा पर्यटन उपसमूह २४.६० अङ्कले, जलविद्युत उपसमूह ३१.५२ अङ्कले, जीवन बिमा उपसमूह ७८.६० अङ्कले, लघुवित्त उपसमूह २२.८१ अङ्कले, निर्जीवन बिमा ७१.४९ अङ्कले, अन्य उपसमूह १५.८० अङ्कले र ट्रेडिङ उपसमूह १८०.३६ अङ्कले बढेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा १३.५१ अङ्कको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            