नबिल बैङ्कले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैङ्क लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।

बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप सो अवार्ड दिइएको हो । सो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले सो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताउनुभयो ।  ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैङ्कको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’ सिइओ ढुङ्गानाले भन्नुभयो ।

उहाँले अवार्ड प्राप्तिमा  सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्तालाई श्रेय दिनुभएको छ । सो अवार्ड जित्नुले बैङ्क आफैँमा नयाँ बेन्चमार्क तय भएको बैङ्कले जनाएको छ । डिजिटल प्रक्रिया स्वचालनमा थप नवीन कार्यको लागि बैङ्कले प्रतिबद्धता जाहेर गरेका छन् ।

नबिल बैङ्क लिमिटेड नेपालको अग्रणी बैङ्क हो । बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैङ्कले २२ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x