मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ आशिर्वाद बचत खाता” मा रु १ करोड १ लाख सम्मको बीमा सुविधा

 

ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ ।

 

मुक्तिनाथ आशिर्वाद बचत खाता Gold Category मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

 

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता Platinum Category मा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

 

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

 

थप जानकारीको लागि बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं. ९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको VISA Network प्रयोग गरी नेपालभरी रहेको ATM Card मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x