
बन्दीपुर केबलकार एण्ड टुरिजम लि.ले आज पौष २२ गतेदेखि केबलकार सेवा पुनः सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार, नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी आजबाट केबलकार सेवा सुचारु गरिएको हो।
यसअघि, नियमित मर्मत सम्भार तथा विद्युतीय सामग्रीको स्तर उन्नतिको लागि शनिबार र आइतबार दुई दिन केबलकार सेवा अस्थायी रूपमा रोकिएको थियो। कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक मर्मत कार्य सम्पन्न गरेपछि पुनः सञ्चालन गरिएको जनाएको छ।
कम्पनीले केबलकार सञ्चालनका क्रममा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिरहेको स्पष्ट गर्दै यात्रुहरूको सेवा निरन्तर सुरक्षित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बन्दीपुर केबलकार आजबाट पुनः सञ्चालनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
