एन आई सी एशिया बैङ्क र नगरकोट सामुदायिक होमस्टेबिच सो बैङ्कका ग्राहकहरूलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । सो सम्झौतासँगै अब सो बैङ्कका ग्राहकहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरूले सो बैङ्कको मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको सो बैङ्क र नगरकोट सामुदायिक होमस्टेबिचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैङ्कले विश्वास लिएको बताएको छ ।
एन आई सी एशिया बैङ्क र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
