नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटही प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ नियम लागू गरेको छ। बिहीबार सार्वजनिक गरिएको परिपत्रमार्फत राष्ट्र बैङ्कले अबदेखि विदेशी मुद्रा सटहीका लागि बैङ्क खाता अनिवार्य बनाएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिअनुसार ल्याइएको यस व्यवस्थाअनुसार राहदानी बापत वा औपचारिक भ्रमणका लागि दिइने सटही सुविधा अब सम्बन्धित व्यक्तिको परिवर्त्य विदेशी मुद्रा खातामा मात्र जम्मा गरिनेछ।
यदि ग्राहकसँग यस्तो खाता छैन भने आवश्यक परेमा नयाँ खाता खोली पनि सुविधा प्रदान गर्न सकिने छ। नयाँ व्यवस्थाअनुसार भारत बाहेक अन्य देशमा यात्रा गर्न चाहने नेपाली नागरिकले राहदानी देखाएर प्रति पटक अमेरिकी डलर ३,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा साट्न पाउने छन्।
राष्ट्र बैङ्कले यस नीतिले विदेशी मुद्राको प्रयोगमा पारदर्शिता, ट्र्याकिङ, र वित्तीय अनुशासनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, बैङ्क तथा वित्तीय संस्थाहरूलाई तुरुन्तै यो परिपत्र लागू गर्न निर्देशन दिइएको छ।
अब विदेशी मुद्रा सटहीका लागि बैङ्क खाता अनिवार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
