मुक्तिनाथ विकास बैङ्कको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैङ्क लि. ले मिति २०७९ पौष ३० गतेका दिन पोखरामा आफ्नो सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आ.व. ०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांश मध्ये १३.०५ प्रतिशत बोनस शेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।

बैङ्कका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैङ्कको हालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । सोही समारोहमा बैङ्कका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मीले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर शेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरू आएका थिए । शेयरधनीहरुबाट आएका जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x