
नेपाल बैङ्क लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ।
सो योजना अनुसार नेपाल बैङ्क लि.बाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. १ करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ असार मसान्त भित्र योजना अनुसार सर्त सहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने सुनौलो अवसर प्रदान गरिएकोले बैङ्कले आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्नुहुन अनुरोध समेत गरेको छ।
साथै वि.सं. २०८० वैशाख १ गते पश्चात् निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैङ्कको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनुहुन समेत बैङ्कले अनुरोध गरेको छ।
नेपाल बैङ्कको नयाँ ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
