महालक्ष्मी विकास बैङ्क लिमिटेडका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट



महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कका ग्राहकहरूले विशालनगर, काठमाडौँमा अवस्थित Arogin Health Care का विभिन्न सेवाहरूमा ५% देखि अधिकतम ४५% (hair transplant and hair fall treatment) इटहरी, सुनसरीमा अवस्थित Hotel Pathibhara International का सेवाहरूमा १०%, मैतीदेवी काठमाडौँमा अवस्थित Buingal Lounge and Bar का सेवाहरूमा १५%, लाजिम्पाट, काठमाडौँमा अवस्थित Yello Hatti का सेवाहरूमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित Burger House and Crunchy Fried Chicken का सेवाहरूमा अधिकतम १०% र मैतीदेवी, काठमाडौँमा अवस्थित Burger House and Crunchy Fried Chicken का सेवाहरूमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

सो किसिमको सहकार्यबाट बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x