सपोर्ट लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४२.८७ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ६३ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ९८ करोड ०४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

सपोर्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.६६ प्रतिशतले घटेर ४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.२५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ८८६ को आधारमा मूल्य आम्दानी अनुपात १०० गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x