स्वस्तिक लघुवित्तको आईपीओमा १५० गुणाभन्दा बढी आवेदन, लाखौंको हात खाली

बुङ्गल हाइड्रोले पायो आइपिओ निष्कासनको अनुमति | Gyanmandu | Achieving  Excellence Together
स्वस्तिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा चर्को माग देखिएको छ। कम्पनीले सार्वजनिक गरेको शेयरमा अन्तिम दिनसम्म १५०.५२ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गरेको थियो, जसको कुल मूल्य १९ करोड ५१ लाख ९५ हजार रुपैयाँ बराबर पर्छ। तर, जारी संख्याभन्दा निकै बढी आवेदन परेको छ।

कुल २५ लाख २८ हजार ५५१ जनाले २ करोड ९३ लाख ८१ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन्, जसको मूल्य करिब २ अर्ब ९३ करोड रुपैयाँ हुन्छ। यसले देखाउँछ कि लगानीकर्ताको चासो अत्यधिक बढेको छ।

माग अत्यधिक भएकाले शेयर वितरण गोलाप्रथाद्वारा हुने भएको छ। यस प्रक्रियाबाट जम्मा १९ हजार ५१९ जनाले मात्र न्यूनतम १० कित्ता सेयर पाउनेछन् भने २५ लाखभन्दा बढी आवेदकको हात खाली हुने भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x