आज देखि ईङवा हाइड्रोपावरकाे आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

ईङवा हाइड्रोपावर लिमिटेडले फाल्गुन २१ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता नै तोकेको छ।

कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू (ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गा.पा. वडा नं. ३ (साबिक आङखाेप गा.वि.स वडा नं. ३, ६, ८, ९), पाँचथर जिल्लाको याङवरक गा.पा., वडा नं. २ (साबिक फलैँचा  गा.वि.स वडा नं. १) र वडा नं. ३ (साबिक ओयाम  गा.वि.स वडा नं. २) तथा सर्वसाधारण शेयरधनीहरुमा निष्कासन हुने कम्पनीको जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर मध्येको १० प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) चैत्र ०५ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा चैत्र २० गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि चैत्र ०५ गते रहेको कम्पनीले जनाएको छ।


कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैँकिङ्ग लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x