
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर २६८३ दशमलव १५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ४५ अङ्कले घटेर ४५६ दशमलव ७१ को विन्दुमा पुगेको छ ।
आज कूल ३२२ कम्पनीहरूका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर रु. ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ८ दशमलव ७३ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ३५ दशमलव ७३ अङ्कले, वित्त उपसमूह २७ दशमलव ६६ अङ्कले, जलविद्युत उपसमूह ३४ दशमलव ३९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ५३ अङ्कले, जीवन बिमा उपसमूह ४९ दशमलव ५७ अङ्कले, लघुवित्त उपसमूह २० दशमलव ९० अङ्कले, निर्जीवन बिमा ३९ दशमलव ४४ अङ्कले, अन्य उपसमूह १३ दशमलव १६ अङ्कले र ट्रेडिङ उपसमूह १७ दशमलव ७१ अङ्कले घटेका छन् । यता, होटेल तथा पर्यटन उपसमूह १३४ दशमलव ७४ अङ्कले बढ्दा उत्पादन उपसमूह ३४ दशमलव ५६ अङ्कले र सामूहिक लगानी कोष उपसमूह भने शून्य दशमलव २१ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा १२.५८ अङ्कको गिरावट, नेप्से २६८३.१५ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
