धितोपत्र बजारमा १४.३५ अंकको वृद्धि, नेप्से परिसूचक १८५८.४९ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ३५अंकले बढेर १८५८ दशमलव ४९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८८ अंकले बढेर ३६५ दशमलव ९३ को विन्दुमा पुगेको छ ।



आज कूल २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ कराेड ६८ लाख ३ हजार ४८३ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्ये होटल तथा पर्यटन उपसमूह १९ दशमलव ९४ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले घटेका छन् । यता, बैंकिङ उपसमूह ११ दशमलव ०५ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४.३६ अङ्कले, विकास बैंक उपसमूह ३३.६५ अङ्कले, जलविद्युत उपसमूह १८.९५ अङ्कले, वित्त उपसमूह ४.९१ अङ्कले, निर्जीवन बीमा ९०.०९ अङ्कले, उत्पादन उपसमूह १०.५४ अङ्कले, अन्य उपसमूह ११.८६ अङ्कले, लघुवित्त उपसमूह २९.५ अङ्कले, जीवन बीमा उपसमूह ३९.०५ अङ्कले र लगानी उपसमूह शून्य दशमलव ४२ अङ्कले बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x