आज साेनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १५ औँ वार्षिक साधारण सभा गर्दै

साेनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले श्रावण २५ गते (आज) १५ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, घर नं. १२४, त्रिकुटी मार्ग, बत्तीसपुतली-९, काठमाडौँमा दिनको २:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र साधारण शेयरको ७०:३० को अनुपातलाई परिवर्तन गरी ६५:३५ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने र सोही अनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x