वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिना सम्ममा १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को जेठमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३,०८,०६७ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो ट्रान्सफर १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
