नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जनाएको छ। नेप्सेले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार स्थगित हुनेछ।
देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै भदौ २५ गतेदेखि नै सेयर बजार बन्द रहेको र आगामी असोज २ गतेसम्म निरन्तर बन्द हुने जानकारी नेप्सेले दिएको छ।
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            