सुनको मूल्यमा प्रतितोला १ हजार ४०० रुपैयाँको गिरावट


स्थानीय बजारमा मङ्गलवार सुनको मूल्य घटेर प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमवारको तुलनामा आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले घटेको हो।

सोमवार प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार घटेर २ लाख ३८ हजार ३०० मा पुगेको महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमवार ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कायम भएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x