असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ४९ अर्ब माथि, नेपाल लाइफको सर्वाधिक व्यापार


हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले असोज महिनासम्ममा ४९ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य ९५ अर्ब ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ३९ अर्ब ६८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।

असोज महिनामा मात्र कम्पनीहरूले २ अर्ब ९९ करोड रुपैयाँ प्रथम बीमा शुल्क र १० अर्ब ९७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।


नेपाल लाइफको सर्वाधिक व्यापार
असोज महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । असोज महिनासम्ममा नेपाल लाइफले १३ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले ५ अर्ब ६८ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x