
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले पुस महिना सम्ममा २१ अर्ब ६४ करोड रुपैयाँ कुल प्रथम बीमाशुल्क बीमा शुल्क आर्जन गरेका छन्। गत वर्ष सोही अवधिमा कम्पनीहरूले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। । यस आधारमा नयाँ व्यापार ३६.६० प्रतिशतले वृद्धि भएको देखिन्छ भने १३ वटा कम्पनीको प्रथम बीमाशुल्क बढ्दा एउटा कम्पनीको घटेको छ।
नेपाल लाइफको सर्वाधिक व्यापार
पुस महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक प्रथम बीमाशुल्क आम्दानी गरेको छ। कम्पनीले ५ अर्ब ९९ करोड १७ लाख रुपैयाँ नयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ५२.५९ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, दोस्रोमा नेसनल लाइफले ३ अर्ब १० करोड ९४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा यस्ताे प्रथम बीमाशुल्क ३२.७७ प्रतिशतले बढेको छ भने तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेकाे छ । साे, कम्पनीकाे प्रथम बीमाशुल्क २६.३८ प्रतिशतले बढेर १ अर्ब ६८ करोड १० लाख रुपैयाँ पुगेकाे छ ।
आइएमई लाइफको व्यापार वृद्धिमा अग्रता
चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिना सम्मको अवधिमा आइएमई लाइफको प्रथम बीमाशुल्क वृद्धि सबैभन्दा उच्च रहेको छ। साे कम्पनीकाे प्रथम बीमाशुल्क ८४.८८ प्रतिशतले बढेकाे छ । त्यस्तै, रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क ५५.७५ प्रतिशतले, सिटिजन लाइफको ४३.९९ प्रतिशतले, राष्ट्रिय जीवन बीमा कम्पनी ३८.०३ प्रतिशतले, एसियन लाइफको ३७.८० प्रतिशतले, सानिमा रिलायन्स लाइफको ३३.०७ प्रतिशतले, प्रभु महालक्ष्मी लाइफको ३२.१४ प्रतिशतले, सूर्यज्योति लाइफको २१.५५ प्रतिशतले, मेट लाइफको २०.७४ प्रतिशतले र सन नेपाल लाइफको १६.९५ प्रतिशतले बढेकाे छ भने हिमालयन लाइफ बीमा कम्पनीकाे प्रथम बीमाशुल्क २.५७ प्रतिशतले घटेको छ।
पुस महिना सम्ममा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क ३६.६० प्रतिशतले वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%
