प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सुमन शर्मा नियुक्त हुनुभएको छ ।

बैङ्कको २०८२ साल माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सिइओ अशोक शेरचनको राजीनामा स्वीकृत गरे पश्चात् प्रमुख कार्यकारी अधिकृत पदमा सुमन शर्मालाई आगामी चार वर्षको कार्यकालका लागि नियुक्त गरेको बैङ्कले जनाएको छ ।

नवनियुक्त सुमन शर्माले यसअघि माछापुच्छ्रे बैङ्कमा सिइओ, सनराइज बैङ्कमा सिइओ, ग्लोबल आइएमई बैङ्कमा डेपुटी सिइओका रूपमा काम गरिसक्नु भएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x