आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। विश्वकप क्रिकेट २०२६ अन्तर्गतको यो खेल आज आइतबार भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदै छ ।
खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । समूह चरणका सबै खेल वानखेडे स्टेडियममै खेल्ने नेपालले बलियो टिम इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट सुरुवात गर्ने लक्ष्य राखेको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोस्रो पटक विश्वकप यात्रा थालेको हो । टिममा अधिकांश अलराउन्डर समावेश छन् । कप्तान रोहितको मैदानभित्र देखिएको नेतृत्व क्षमताका कारण नेपालले विगतमा बलिया टिमहरू विरुद्ध पनि अप्रत्याशित नतिजा निकाल्दै आएको छ । यसपालि आरिफ शेखसहित बसीर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बम पहिलो पटक विश्वकप टोलीमा अटाएका छन् । यी खेलाडीहरूको डेब्यु हुने सम्भावनाले पनि आजको खेल थप चासोपूर्ण बनेको छ ।
नेपाली खेलाडीहरू:
कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमेद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सनकुमार झा, ललितनारायण राजंवशी, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, कप्तान: रोहितकुमार पौडेल र उपकप्तान: दीपेन्द्रसिंह ऐरी हुन् ।
विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड सँग खेल्दै नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
