राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ट्रफी, पोखराबाट सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ ।

विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गर्नुभएकाे छ ।

अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक ठाउँहरुमा राखेर प्रदर्शन गरिनेछ । खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो । ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारीसाधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।

पोखराको अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोकभित्र बजार हुँदै बगर चोक, बागबजार चोक, जिरो किलोमिटर हुँदै हल्लनचोक र बाहारी चोकमा ट्रफी प्रदर्शन गरिनेछ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाइएको राखेपले जनाएको छ । ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुन छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x