
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रवार सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार सुन तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३४० रुपैयाँले घट्दै ५ हजार रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%
