
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २६१६ दशमलव ९७ को विन्दुमा कायम भएको छ। आज कूल ३२९ कम्पनीहरूका १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर रु. ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु. ३६ करोड २ लाख ९३ हजार ५५६ बराबरको शेयर कारोबार भयो । त्यस्तै, रिडी पावर कम्पनी लिमिटेडको रु. ३२ करोड १९ लाख ५३ हजार ४०८ बराबरको शेयर कारोबार भएको छ ।
यता, एसवाई प्यानल नेपाल लिमिटेडको रु. २८ करोड ७८ लाख ८६ हजार ०७०, सिईडिबि होल्डिङग्स लिमिटेडको रु. १८ करोड ९५ लाख ९४ हजार ४६२ र ङादी ग्रुप पावर लिमिटेडको रु. १६ करोड ७५ लाख २३ हजार ४७० बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
