साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा २८.१८ अङ्कको गिरावट



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव १८ अङ्कले घटेर १८७५ दशमलव ६५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव १६ अङ्कले घटेर ३६१ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

आज कूल २८३ कम्पनीहरूका २७ लाख १२ हजार १२३ कित्ता शेयर रु. ७४ करोड २९ लाख २५ हजार ३९२ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।

बैङ्किङ उपसमूह १७ दशमलव ०४ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ५५ दशमलव ४८ अङ्कले, वित्त उपसमूह २३.५३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १२८.१० अङ्कले, जलविद्युत उपसमूह २९.२३ अङ्कले, लगानी उपसमूह उपसमूह १.०७ अङ्कले, जीवन बिमा उपसमूह १९७.१२ अङ्कले, उत्पादन उपसमूह ५८.१६ अङ्कले, लघुवित्त उपसमूह ३४.११ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १७ अङ्कले, निर्जीवन बिमा १९२.७२ अङ्कले, अन्य उपसमूह १३.६७ अङ्कले र ट्रेडिङ उपसमूह ७४.०१ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x