साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ५४.५१ अङ्कको वृद्धि


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्कले बढेर २९३१ दशमलव ५५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ११ अङ्कले बढेर ५०५ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

आज कूल ३६४ कम्पनीहरूका ६ करोड १४ लाख ७ हजार ०७४ कित्ता शेयर रु. २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ट्रेडिङ उपसमूह ४.३१ अङ्कले घटेकाे छ । यता, बैङ्किङ उपसमूह ३८ दशमलव ०२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १५५ दशमलव ७६ अङ्कले, वित्त उपसमूह ५६ दशमलव २६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २३०.८१ अङ्कले, जलविद्युत उपसमूह १३.२३ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ८५ अङ्कले, जीवन बिमा उपसमूह २७३.०७ अङ्कले, उत्पादन उपसमूह १९०.९३ अङ्कले, लघुवित्त उपसमूह २१३.७७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २७ अङ्कले, निर्जीवन बिमा ३१८.५९ अङ्कले र अन्य उपसमूह ४१.२८ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x