
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव १६ अङ्कले घटेर २१२७ दशमलव ३७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ३३ अङ्कले घटेर ४०२ दशमलव ९८ को विन्दुमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैङ्किङ उपसमूह १५ दशमलव ७९ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ९५ दशमलव ४३ अङ्कले, वित्त उपसमूह ६१ दशमलव २२ अङ्कले, होटल तथा पर्यटन उपसमूह १२१ दशमलव ९८ अङ्कले, जलविद्युत उपसमूह ७९.७९ अङ्कले, लगानी उपसमूह १.८९ अङ्कले, जीवन बिमा उपसमूह १२१.५४ अङ्कले, उत्पादन उपसमूह ७२.१८ अङ्कले, लघुवित्त उपसमूह ८५.७२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १९ अङ्कले, निर्जीवन बिमा २७०.१३ अङ्कले, अन्य उपसमूह ३३.१९ अङ्कले र ट्रेडिङ उपसमूह ४५ दशमलव ९५ अङ्कले घटेको छ ।
 
         
             
     
    
 
     
     
     
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            