बेनी हाइड्रोपावर प्रोजेक्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ)मा आवेदन दिने चैत ५ गते (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीका अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता तोकिएको छ । कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरका साधारण शेयर निष्कासन गरेको हो ।

सो कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको बासिन्दाहरूलाई शेयर बाँडफाँड गरे पश्चात् सर्वसाधारणलाई जारी पुँजीको १० प्रतिशत अर्थात् रु. १०,४०,००,००० बराबरको रु. १०० अङ्कित दरका १०,४०,००० कित्ता शेयरमध्ये कुल १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि प्रारम्भिक निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

यस आइपिओ चैत १ गतेबाट निष्कासनमा आएको थियो । चैत्र ५ गते (आज) सम्ममा माग बमोजिम आवेदन नपरेको खण्डमा (ढिलोमा) चैत १५ गते, २०८२ सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x