नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा लक्ष्यको झन्डै आधा मात्रै राजस्व सङ्कलन गरेको छ। वार्षिक २४ अर्ब ५४ करोड ५७ लाख रुपैयाँको लक्ष्य रहे पनि फागुन मसान्तसम्म १२ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ मात्रै उठ्न सकेको छ, जुन लक्ष्यको ५१.९७ प्रतिशत हो।
कार्यालय प्रमुख जनार्दन पौडेलका अनुसार बाँकी चार महिनामा करिब ४८ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने दबाब रहेको छ। हालसम्म कुनै पनि महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व उठ्न नसकेको उहाँले बताउनुभयो।
मासिक प्रगतिअनुसार साउनदेखि माघसम्मको अवधिमा राजस्व सङ्कलन लक्ष्यको ६९ देखि ८८ प्रतिशतको बिचमा सीमित रह्यो। अघिल्ला वर्षहरूसँग तुलना गर्दा पनि लक्ष्य पूरा हुन नसक्ने प्रवृत्ति निरन्तर देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७४.६४ प्रतिशत र २०८०/८१ मा ६३.३५ प्रतिशत मात्र लक्ष्य हासिल भएको थियो।
नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात बढेर राजस्वमा सुधार आउने अपेक्षा गरिएको भए पनि पछिल्ला वर्षहरूमा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन।
नेपालगन्ज भन्सार लक्ष्य भन्दा पछाडि, ८ महिनामा आधा मात्रै राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
