बुद्धभूमि नेपाल हाइड्रोपावरको १:१ हकप्रद शेयर आज बाट खुल्ला


बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्कासन प्रक्रिया सुरु गरेको छ। कम्पनीले चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

कम्पनीले १:१ अनुपातमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ, जसका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य तोकिएको छ। यस निष्कासनपछि कम्पनीको हाल कायमा चुक्ता पुँजी ४० करोड रुपैयाँबाट बढेर ८० करोड रुपैयाँ पुग्ने लक्ष्य राखेको छ।

हकप्रदमा सहभागिताका लागि योग्य शेयरधनी पहिचान गर्न कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x