नौ महिनामा ८ खर्ब ९१ अर्ब राजस्व सङ्कलन


सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उल्लेख्य राजस्व सङ्कलन गर्दै लक्ष्य नजिक पुगेको छ। अर्थ मन्त्रालयका अनुसार चैत्र मसान्त सम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठेको छ, जुन वार्षिक लक्ष्यको करिब ८४.११ प्रतिशत हो।

चालू आ.व. को लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। त्यस मध्ये चैत्र मसान्तसम्म १० खर्ब ६० अर्ब ३ करोड रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरिएको थियो। यद्यपि, वास्तविक सङ्कलन लक्ष्यभन्दा केही कम भए पनि समग्र प्रगति सन्तोषजनक देखिएको छ।

चैत्र महिनामा मात्र १ खर्ब ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जसले मासिक लक्ष्यको ९३.२४ प्रतिशत भन्दा बढी हिस्सा पूरा गरेको छ। विशेष गरी चैत्र ३० गते एकै दिन १८ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन हुनु उल्लेखनीय मानिएको छ।

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा राजस्व सङ्कलनमा करिब ६ प्रतिशत वृद्धि देखिएको छ। अघिल्लो वर्ष चैत्र मसान्त सम्म ८ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ सङ्कलन भएको थियो।

विभागगत रूपमा हेर्दा, भन्सार विभागले ३ खर्ब ६६ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठाएको छ भने आन्तरिक राजस्व विभागबाट ४ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ सङ्कलन भएको छ। गैर कर राजस्वतर्फ ५४ अर्ब ७१ करोड रुपैयाँ योगदान रहेको मन्त्रालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x