रसुवागढी नाकाबाट ९ महिनामा ३१ अर्ब आयात, ६ अर्ब भन्दा बढी राजस्व संकलन

नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार मानिने रसुवागढी नाका बाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका वस्तु आयात भएका छन्।

रसुवा भन्सार कार्यालयको अनुसार सो अवधिमा आयातित सामग्रीको मूल्याङ्कनबाट रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। कठिन भौगोलिक अवस्था र प्राकृतिक अवरोधका बाबजुद व्यापार सञ्चालन निरन्तर भइरहेको जनाइएको छ।

नाकाबाट आयात हुने प्रमुख वस्तुहरूमा रोल कपडा, तयारी पोसाक, विद्युतीय गाडी, जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ तथा विभिन्न मेसिनरी सामग्री रहेका छन्। साथै ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरणसमेत यही नाकाबाट भित्रिएका छन्।

नेपालबाट चीनतर्फ भने हस्तकला सामग्री, परम्परागत कपडा, बाँसका सामग्री, सुक्खा घाँस, चाउचाउ र बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्।

गत असारमा ल्हेन्देखोला मा आएको बाढीले मितेरी पुल बगाउँदा केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनः निर्माण ढिलो हुँदा पुस १७ गतेदेखि मात्रै आयात–निर्यात पुनः नियमित भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x