
बैङ्किङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले ठुलो परिमाणमा रकम बजारबाट झिक्ने तयारी गरेको छ। केन्द्रीय बैङ्कले शुक्रवार १०० अर्ब रुपैयाँ निक्षेप सङ्कलन उपकरणमार्फत तान्ने घोषणा गरेको हो।
राष्ट्र बैङ्कका अनुसार उक्त प्रक्रिया दिउँसो ३ बजे बोलकबोलमार्फत सञ्चालन गरिनेछ। सहभागी हुन इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि माथि, ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहु ब्याजदर प्रणालीमार्फत पनि प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागिताको अनुमति दिइएको छ।
राष्ट्र बैङ्कले जारी गर्ने यो ५६ दिने निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २९ गते गरिनेछ। हाल कर्जा विस्तार सुस्त हुँदा बैङ्किङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि केन्द्रीय बैङ्कले आक्रामक रूपमा रकम व्यवस्थापन गर्न थालेको हो।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट १०० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
