वीरगन्ज भन्सारबाट निर्यातमा १५% वृद्धि


वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु ७९ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशत अर्थात् रु १० अर्ब १९ करोडले बढी हो।

गत आ.व. को सोही अवधिमा रु ६९ अर्ब ३५ करोड बराबरको निर्यात भएको थियो। कार्यालयका अनुसार चालु आवमा निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ।

निर्यात तर्फ सबैभन्दा ठुलो हिस्सा भटमासको प्रशोधित तेलको रहेको छ, जसको मूल्य रु ४३ अर्ब ६१ करोड पुगेको छ। गत आ.व. को सोही अवधिमा यस्तो निर्यात रु ३६ अर्ब ६२ करोड थियो।

त्यसै गरी, फलफूलको जुस रु ५ अर्ब ८४ करोड, प्रशोधित पाम तेल रु ५ अर्ब २४ करोड र सूर्यमुखीको प्रशोधित तेल रु ५ अर्ब ५ करोड बराबर निर्यात भएको छ।

अन्य वस्तुहरूमा विभिन्न किसिमका कपडा रु २ अर्ब ६९ करोड र सिन्थेटिक यार्न रु १ अर्ब ९४ करोड बराबर निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x