माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गरेको छ। कम्पनीले आफ्नो ८६ करोड रुपैयाँको जारी पुँजी मध्ये ३० प्रतिशत बराबर, अर्थात् २५ करोड ८० लाख रुपैयाँ मूल्य बराबरका २५ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा बिक्रीमा ल्याएको हो।
जारी गरिएको कुल शेयरमध्ये १० प्रतिशत (८ लाख ६० हजार कित्ता) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ भने बाँकी २० प्रतिशत (१७ लाख २० हजार कित्ता) सर्वसाधारणका लागि विनियोजन गरिएको छ। सर्वसाधारणतर्फको कोटाभित्रै १० प्रतिशत, अर्थात् १ लाख ७२ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गर्दै ३ लाख ४४ हजार कित्ता शेयर छुट्टाइएको छ। त्यस्तै, सोही नगरपालिकाका अन्य वडाका बासिन्दाका लागि ५ लाख १६ हजार कित्ता शेयर छुट्टाइएको छ।
कम्पनीले पहिलो चरणमा आजदेखि (वैशाख १७) आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गरेको हो। स्थानीय बासिन्दाले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख २३ गतेसम्मको समय सीमा तोकिएको छ। दुवै वर्गका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ।
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
माउन्ट एभरेष्ट पावरको आइपिओ खुला: स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
