नेपाल बैंकर्स संघद्वारा जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम



ज्ञानमाण्डू। नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा भाद्र २१ गते जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन
गरेको छ । 


नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलको अध्यक्षता रहेको सो कार्यक्रममा अतिथिको रुपमा माननीय गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएकाे
बैंकर्स संघले जनाएकाे छ

 
सो कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रम पश्चात् सहभागीहरुले उपरोक्त कार्यक्रम प्रभावकारी तथा जानकारीमुलक भएको र भविष्यमा समेत पुनः यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न सुझाब पेश गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x