
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २ दशमलव ५७ अङ्कले बढेर २७३६ दशमलव १७ को विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक शून्य दशमलव ३५ अङ्कले बढेर ४६८ दशमलव ७२ को विन्दुमा पुगेको छ ।
आज कूल ३५६ कम्पनीहरूका ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर रु. ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लगानी उपसमूह शून्य दशमलव ०८ अङ्कले, जीवन बिमा उपसमूह ४०.७५ अङ्कले, लघुवित्त उपसमूह शून्य दशमलव ४४ अङ्कले, निर्जीवन बिमा २८.३४ अङ्कले, अन्य उपसमूह शून्य दशमलव ७२ अङ्कले र ट्रेडिङ उपसमूह १४.९१ अङ्कले घटेका छन् । यता, विकास बैङ्क उपसमूह १२ दशमलव ४३ अङ्कले बढ्दा वित्त उपसमूह २ दशमलव १३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४१.७५ अङ्कले, जलविद्युत उपसमूह २५.०४ अङ्कले, उत्पादन उपसमूह २०.५२ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०० अङ्कले बढेका छन् भने बैङ्किङ उपसमूह यथावत् नै रहेको छ ।
धितोपत्र बजारमा २.५७ अङ्कको वृद्धि, नेप्से २७३६.१७ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
