सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको “सिटिजन्स सदाबहार योजना एसआईपी अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने भएका छन् । सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैङ्कको सहायक कम्पनी हो ।
ग्राहकहरूले सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको डिजिबैंक सेवामार्फत बैङ्कको आधिकारिक वेबसाइट तथा मोबाइल बैङ्किङ बाट नै प्रत्यक्ष रूपमा एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई अझ सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैङ्क अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैङ्कले यस अघि नै फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैङ्कले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैङ्क सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
अब सिटिजन्स बैङ्कको वेबसाइट तथा मोबाइल बैङ्किङमार्फत एसआईपी आवेदन भर्न सकिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
