प्राेग्रेशिभ फाइनान्सकाे नाफामा १५३.९० प्रतिशतकाे गिरावट, प्रतिशेयर आम्दानी रू ३.०७ ले नकारात्मक

प्राेग्रेशिभ फाइनान्सकाे नाफा १५३.९० प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा फाइनान्सले २ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा फाइनान्स १ करोड ३० लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।

 

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्राेग्रेशिभ फाइनान्सले ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ३ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ करोड ६८ लाख रुपैयाँ र सञ्चित मुनाफा २ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६०.३४ प्रतिशतले बढेर १० करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सकाे वितरण योग्य मुनाफा २ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात ४.९१ प्रतिशत र प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०७ पैसाले नकारात्मक छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७८ पैसा र पछिल्लो कारोबार मूल्य रु ३५४ को आधारमा मूल्य आम्दानी अनुपात -११५.३० गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x