खुद ब्याज आम्दानी घटेसँगै नयाँ सारथी लघुवित्तको नाफामा ५७.५७ प्रतिशतको गिरावट

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५७.५७ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड १४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३० करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नयाँ सारथी लघुवित्तले १ अर्ब १ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ९ करोड ५२ लाख र सञ्चित मुनाफा ९ करोड ९२ लाख रुपैयाँ रहेको छ ।


नयाँ सारथी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.६० प्रतिशतले घटेर १० करोड ९४ लाख रुपैयाँ छ भने लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड २० लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.२५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १२ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ९२८ को आधारमा मूल्य आम्दानी अनुपात ६५.७२ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x